व्यवसायी दुर्गा प्रसाईले सामाजिक सञ्जालमार्फत हालको राजनीतिक व्यवस्थामाथि गम्भीर प्रश्न उठाउँदै नेपाली सेनालाई देश जोगाउने नेतृत्व लिनुपर्ने आह्वान गरेका छन्।
फेसबुकमा सार्वजनिक गरिएको लामो स्टाटसमा उनले हालको संविधान, संसद र राष्ट्रपतिको भूमिकामाथि असन्तुष्टि जनाउँदै भनेका छन्, “यदि संविधान, संसद, राष्ट्रपति र व्यवस्था यही हो भने आन्दोलन किन गरियो? कलिला बालबालिकाको हत्या किन भयो? राज्यको खरबौं सम्पत्ति नाश किन भयो?”
उनले पश्चिमी शक्तिको डिजाइनमा धर्मनिरपेक्षता थोपारिएको दाबी गर्दै हिन्दु राष्ट्रको पुनःस्थापनाको आवश्यकता औंल्याएका छन्। त्यस्तै, राष्ट्रपतिको भूमिका र संविधान दुवैलाई निलम्बन गरी नेपाली सेनाले अन्तरिम सरकार गठन गर्नुपर्ने प्रस्ताव पनि राखेका छन्।
प्रसाईले जेन-जी आन्दोलनका क्रममा भएको बलिदानलाई धोका दिन नहुने भन्दै नयाँ संविधानमार्फत नयाँ व्यवस्था जन्माउनुपर्ने चेतावनी दिएका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस