Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि म्युचुअल फण्ड अन्तर्गतको २ वटै फण्डको न्याभ घट्यो, कुन कम्पनीको कति कित्ता लगानी?

अर्थ संसार

बुधबार, १५ चैत्र २०७९, १७ : ३६ मा प्रकाशित

एनएमबि म्युचुअल फण्ड अन्तर्गतको २ वटै फण्डको न्याभ घट्यो, कुन कम्पनीको कति कित्ता लगानी?

एनएमबि म्युचुअल फण्डअन्तर्गत सञ्चालित दुईवटै फण्डको २०७९ साल फाल्गुण मसान्तसम्मको खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक भएको छ । म्युचुअल फण्ड अन्तर्गतको २ वटै म्युचुअल फण्डको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) घटेका हो । 

फण्ड अन्तर्गतको एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–२ को खुद मूल्य माघ मसान्तको तुलनामा १८ पैसाले घटेको छ भने फाल्गुण मसान्तसम्मको खुद सम्पत्ति मूल्य १० रुपैयाँ १८ पैसामा कायम भएको छ । माघ मसान्तमा खुद सम्पत्ति मूल्य १० रुपैयाँ ३४ पैसा रहेको थियो । 

त्यसैगरी फण्डको फाल्गुण मसान्तमा सूचीकृत कम्पनीको ४५ करोड २८ लाख ३२ हजार कित्ता सूचीकृत सेयरमा लगानी रहेको छ । फण्डको ३१ कम्पनीमा लगानी रहेको देखाएको छ । 

त्यस्तै, फण्डले वाणिज्य बैंक समूहका एनआईसी एसिया बैंक लिमिटेडमा ९५ हजार कित्ता, सिद्धार्थ बैंक लिमिटेडमा ८३ हजार र सानीमा बैंक लिमिटेडमा ७५ हजार कित्ता लगानी रहेको छ । 

त्यस्तै, म्युचुअल फण्ड समूह अन्तर्गत एनआईबिएल ग्रोथ फण्डमा ५ लाख कित्ता र सानीमा ग्रोथ फण्डमा २ लाख लगानी रहेको छ । फाल्गुणमा बैंक मौज्दात ५४ करोड ४३ लाख ६१ हजार रुपैयाँ कायम भएको छ । 

फण्डले सार्वजनिक गरेको फाल्गुण मसान्तको खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण यस प्रकारको छः

त्यस्तै, एनएमबि म्युचुअल फण्ड अन्तर्गतको सञ्चालित एनएमबि सरल बचत फण्ड–इको फाल्गुण मसान्तको खुद मूल्य ९ रुपैयाँ ०२ पैसामा कायम भएको छ । उक्त मूल्य माघ मसान्तको तुलनामा ४५ पैसाले घटेको हो । माघ मसान्तमा फण्डको खुद मूल्य ९ रुपैयाँ ४७ पैसामा रहेको थियो । 

त्यसैगरी, फण्डको फाल्गुण मसान्तमा सूचीकृत कम्पनीको ४१ करोड ६६ लाख १ हजार १४२ दशमलब १० कित्ता सूचीकृत सेयरमा लगानी रहेको छ । फण्डको ३६ कम्पनीमा लगानी रहेको छ । 

त्यस्तै, वाणिज्य बैंक अन्तर्गत एनआईसी एसिया बैंक लिमिटेडमा ६७ हजार कित्ता, माछापुच्छ«े बैंक लिमिटेडमा २ लाख कित्ता, सानिमा बैंक लिमिटेड १ लाख कित्ता र सिद्धार्थ बैंक लिमिटेडमा ९३ लाख कित्ता लगानी रहेको छ । 

त्यस्तै, म्युचुअल फण्ड अन्तर्गत कुमारी धनबृद्धि योजना, ग्लोबल आइएमई ब्यालेन्सड् फण्ड–१ र  सानिमा ग्रोथ फण्डको २ लाख किता र एनआईबिएल ग्रोथ फण्डको ३ लाख कित्ता सेयरमा लगानी रहेको छ । त्यस्तै, फाल्गुणमा बैंक मौज्दात १२ करोड ९१ लाख १० हजार रुपैयाँमा कायम भएको छ । 

फण्डले सार्वजनिक गरेको फाल्गुण मसान्तको खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण यस प्रकारको छः


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको