श्री डिस्टिलरी लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्तावसहित आगामी वैशाख ९ गते प्रथम वार्षिक साधारण सभा डाकेको छ । सभाले कम्पनीको जारी पूँजी बृद्धि गर्ने विषयमा केहि संशोधन गर्नेछ ।
सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधनको लागि प्रस्ताव पारित गर्ने र यसका लागि सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि गर्नेछ । साथै गत आर्थिक वर्ष ०७८/७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्ने र चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती गर्ने विषय पनि सभाका लागि तय भएको छ । सञ्चालक समितिको निर्वाचन समेत सभाले गर्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस