Like us!
Follow us!
Connect us!
Watch us!

कांग्रेस कार्यसम्पादन समिति बैठकको निर्णय- मन्त्री छान्ने जिम्मा सभापति देउवालाई, उपनिर्वाचनका लागि उम्मेदवार चयन

अर्थ संसार

विहीबार, १६ चैत्र २०७९, १३ : ०९ मा प्रकाशित

कांग्रेस कार्यसम्पादन समिति बैठकको निर्णय- मन्त्री छान्ने जिम्मा सभापति देउवालाई, उपनिर्वाचनका लागि उम्मेदवार चयन

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीबाट मन्त्री छान्ने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको छ । आज (बिहीबार) बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सभापति देउवालाई मन्त्री छान्ने अधिकार दिएको प्रवक्ता डा.प्रकाशशरण महतले बताए ।

साथै, बैठकले आगामी वैशाख १० मा हुने उपनिर्वाचनका लागि पनि कांग्रेसले उम्मेदवार चयन गरेको छ । कांग्रेसले तनहुँ–१ मा गोविन्द भट्टराई र चितवन– २ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

प्रवक्ता महतले भने, ‘तनहुँ– १ नम्बर क्षेत्रमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य नेविसंघका पूर्व सभापति गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । चितवन– २ को उपनिर्वाचनमा पार्टीका पूर्व चितवन सभापति जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।’ साथै, बारा क्षेत्र नं– २ को हकमा भने आगामी चैत्र १९ गते केन्द्रीय कार्यसमिति र संसदीय समितिको बैठक बसेर निष्कर्षमा पुग्ने बताइएको छ ।

‘बारा–२ को हकमा भने फेरि आगामी १९ गते केन्द्रीय कार्यसमिति र संसदीय समितिको संयुक्त बैठक बसेर थप छलफल गर्ने र निर्णयमा पुग्ने छलफल भएको छ,’- महतले भने । आजको बैठकमा समसामयिक राजनीतिका बारेमा विविध छलफल भएको उनले बताए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको