Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु सेलेक्ट फण्डको न्याभ घट्यो, लगानी कति?

अर्थ संसार

विहीबार, १६ चैत्र २०७९, १४ : २० मा प्रकाशित

प्रभु सेलेक्ट फण्डको न्याभ घट्यो, लगानी कति?

प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालित प्रभु सेलेक्ट फण्डले फाल्गुण मसान्तसम्मको खुद मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त फण्डको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) घटेका हो । फाल्गुण मसान्तसम्मको फण्डको प्रति इकाई खुद मूल्य १० रुपैयाँ १९ पेसामा झरेको हो । माघ मसान्तसम्म १० रुपैयाँ ४७ पैसा रहको उक्त मूल्य माघको तुलनामा २७ पैसाले घटेको हो । 

त्यस्तै, फण्डले फाल्गुण मसान्तसम्म ४ करोड ६७ लाख ९१ हजार नाफा गरेको छ । माघ मसान्तसम्मको तुलनामा भने फण्डको नाफा घटेको हो । माघ मसान्तसम्म योजनाको नाफा ८ करोड १३ लाख ८० हजारभन्दा बढी थियो ।

त्यस्तै, मसान्तसम्म ९ करोड ४६ लाखभन्दा बढी आम्दानी गरेको फण्डको योजनाले फाल्गुण मसान्तसम्म ६ करोड १९ लाख २८ हजारभन्दा बढी मात्र आम्दानी गरेको छ । खर्च भने माघ मसान्तसम्म १ करोड ३२ लाखभन्दा बढी भएकोमा फाल्गुण मसान्तसम्म १ करोड ५१ लाखभन्दा बढी भएको हो । 

सेयर दोस्रो बजारमा लगानी गर्ने प्रमुख उदेश्य सहित सञ्चालित बन्दमुखी प्रकृतिको यस योजनाले फाल्गुण मसान्तसम्म सेयर दलाल कमिसन सहित सेयरमा ८३ करोड ४४ लाखभन्दा बढी लगानी गरेको छ । 

सेयर बजार घटेको अवस्थामा फण्डको लगानीको मूल्यमा पनि कमि आएको छ । योजनाले सेयरमा गरेको लगानीको बजारमूल्य भने ६८ करोड २ लाखभन्दा बढी मात्र कायम भएको छ । बैंक मुद्दती निक्षेपमा योजनाको लगानी १८ करोड २५ लाख रहेको छ ।

सात वर्षे अवधिको यस योजनाको इकाई २०७८ साल जेठ १४ गते बाँडफाँट भएको थियो । फण्डको योजना २०८५ साल जेठ १३ गते परिपक्क हुनेछ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको