Like us!
Follow us!
Connect us!
Watch us!

आरविवि म्युचुअल फण्ड–१ को (न्याभ) ४६ पैसाले घट्यो

अर्थ संसार

शुक्रबार, १७ चैत्र २०७९, ११ : २७ मा प्रकाशित

आरविवि म्युचुअल फण्ड–१ को (न्याभ) ४६ पैसाले घट्यो

आरविवि म्युचुअल फण्डअन्तर्गत सञ्चालित आरविवि म्युचुअल फण्ड १ को फाल्गुण मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक भएको छ । उक्त फण्डको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) घटेका छ ।

आरविवि म्युचुअल फण्डअन्तर्गत सञ्चालित आरविवि म्युचुअल फण्ड १ को खुद मूल्य माघ मसान्तका तुलनामा ४६ पैसाले घटेको हो । फाल्गुण मसान्तसम्मको खुद सम्पत्ति मूल्य ८ रुपैयाँ ९२ पैसामा कायम भएको छ भने माघ मसान्तसम्मा खुद सम्पत्ति मूल्य ९ रुपैयाँ ३८ पैसा रहेको थियो । 

आरविवि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित आरविवि म्युचुअल फण्ड १ फाल्गुन मसान्तसम्म ६१ लाख २१ हजारभन्दा बढी नोक्सानीमा रहेको छ । माघ मसान्तसम्म ५ करोड १५ लाखभन्दा बढी नाफामा रहेको उक्त योजना फाल्गुण मसान्तसम्ममा आइपुग्दा भने नोक्सानीमा गएको हो ।  

फाल्गुण मसान्तसम्ममा उक्त फण्डले ७२ लाख ९३ हजारभन्दा बढी मात्र आम्दानी गरेको छ । फण्डले माघ मसान्तसम्म ६ करोड ३२ लाखभन्दा बढी आम्दानी गरेको हो । फण्डको खर्च रकम भने माघ मसान्तसम्म १ करोड १७ लाखभन्दा बढी भएकोमा फागुन मसान्तसम्म १ करोड ३४ लाखभन्दा बढी भएको हो । पछिल्लो महिना योजनाको आम्दानीमा उल्लेख्य मात्रामा कमि आएकाले योजना नोक्सानीमा गएको देखिन्छ । 

फाल्गुण मसान्तसम्म फण्डको सूचीकृत सेयरमा भएको लगानी रकम धितोपत्र दलाल कमिसन सहित ९२ करोड २६ लाख ६ हजार रहेको छ । फण्डको धितोपत्रमा भएको लगानीको बजारमूल्य ६९ करोड ३७ लाखभन्दा बढी रहेको छ । बैंक मुद्दती निक्षेपमा योजनाको १८ करोड ७५ लाख लगानी रहेको छ ।

७ वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजना सञ्चालनका लागि १२ करोड ५० लाख इकाई जारी गरिएको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको