Like us!
Follow us!
Connect us!
Watch us!

सांग्रिला डेभलपमेन्ट बैंकले पायो नयाँ संचालक समिति, को-को छन् त कार्यसमितिमा ?

अर्थ संसार

शुक्रबार, १७ चैत्र २०७९, १५ : ०० मा प्रकाशित

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले नयाँ संचालक समिति पाएको छ । शुक्रबार लैनचौरा बुटिक काठमांडौमा सम्पन्न भएको १८ औं वार्षिक साधारणसभाबाट बैंकले नयाँ संचालक समिति पाएको हो ।

साधारणसभाबाट संथापक समूहतर्फका संचालकहरुमा सुशिल काजी बानियाँ, उज्वल सत्याल, सुजन सिद्धि बज्राचार्य निर्वाचित भएका छन् ।

त्यसैगरी सर्वसाधारण समूहतर्फबाट गंगा सागर ढकाल, लिसा शेयरचन र नरेश ढुंगाना निर्वाचित भएका छन् । निर्वाचत भएका संचालकहरुको पहि बैठकले संचालक समितिको अध्यक्ष टुंगो लगाउनेछ । 

सभाले आर्थिक बर्ष २०७८/७९को सञ्चित मुनाफाबाट चुक्ता पुँजीको ८ दशमलव ५३४ बोनस सेयर र ० दशमलव ४४९ नगद लाभांस गरी कुल ८ दशमलव ९८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । 

साथै, सभाले गत आर्थिक वर्षको वित्तिय विवरण, वासलात, लेखापरिक्षण लगायतका अन्य महत्वपुर्ण प्रस्तावहरु समेत पारित गरेको छ। 

बैंकले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि फागुन २८ गतेदेखि चैत १७ गते सम्म बुकक्लोज गर्ने निर्णय गरेको थियो त्यसैले फागुन २७ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र लाभांश र सभामा सहभागि भएका थिए ।

 

6426971ac79d4.jpg 6426971f99c60.jpg 642697227922c.jpg 64269726ef127.jpg 6426972a48297.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको