Like us!
Follow us!
Connect us!
Watch us!

आन्दोलन गरेर बैंक, वित्तीय संस्थाको ब्याजदर घटबढ नहुने बैंकर्स संघको भनाई

अर्थ संसार

शुक्रबार, १७ चैत्र २०७९, १३ : १९ मा प्रकाशित

आन्दोलन गरेर बैंक, वित्तीय संस्थाको ब्याजदर घटबढ नहुने बैंकर्स संघको भनाई

नेपाल बैंकर्स संघले बैंक तथा वित्तीय संस्थाको ब्याजदर महँगो नभएको दाबी गरेको छ। संघले बिहीबार पत्रकार सम्मेलन गरी बाहिर चर्चा भएजस्तो बैंकको ब्याजदर महँगो नभएको बताएको हो।

हाल वाणिज्य बैंकहरुको कर्जाको ब्याजदर १३.३ प्रतिशत रहेको छ। ‘कोरोना महामारीको समयको ब्याजदरलाई हेरेर अहिले महँगो भयो भन्न मिल्दैन। अहिलेको ब्याजदर लकडाउन हुनुअघिको अवस्थामा पुगेको मात्रै हो। यद्यपि यो ब्याजदर पनि घटाउन प्रयत्नरत छौं,’ संघ अध्यक्ष सुनील केसीले भने।

उनले आन्दोलन गरेर बैंक, वित्तीय संस्थाको ब्याजदर घटबढ नहुने उनको चेतावनी छ। ‘ब्याजदर माग र आपूर्तिले निर्धारण गर्छ भन्नेमा हामी सबै सचेत हुनु जरुरी छ’, केसीले भने । बैंकिङ क्षेत्रमाथि चारैतिरबाट आक्रमण भइरहेको उनले आरोप लगाए। ब्याजदरका नाममा चार करोड खातावाल र समग्र औद्योगिक क्षेत्रमाथि हमला भएको उनको भनाइ छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको