Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल बैंकर्स संघमा दिगो वित्त विभागको स्थापना

अर्थ संसार

आइतबार, १३ असोज २०८१, १३ : १३ मा प्रकाशित

नेपाल बैंकर्स संघमा दिगो वित्त विभागको स्थापना

नेपाल बैंकर्स संघ (एनबीए) र इन्भेष्ट फर इम्प्याक्ट नेपाल (आईआईएन) द्वारा संयुक्त रूपमा ‘सेमिनार अन इन्टिग्रेटिङ क्लाइमेट फाइनान्स एण्ड ग्रीन फाइनान्स ट्याक्सोनोमी इन टी बैंकिङ इण्डष्टी अफ नेपाल कार्यक्रमको आयोजना गरियो । 

नेपालको वित्तीय क्षेत्रलाई सस्टेनेबल फाइनान्सिङ उन्मुख बनाउन, यसको वर्तमान अवस्थाको मुल्यांकन तथा यससंग सम्बन्धित अन्तर्राष्ट्रिय अभ्यास तथा चुनौतीहरुलाई कसरी समाधान गर्दै अगाडि बढ्न सकिन्छ भन्ने विषयमा कार्यक्रम केन्द्रित थियो ।

नेपालका लागि स्विट्जरल्याण्डका राजदूत महामहिम डा. डेनियल मेउलीले स्वागत गर्दै दिगो बैंकिङको लागि सुरुवात गरेको पहल महत्वपूर्ण रहेको बताए । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले नेपालको बैंकिङ उद्योगमा जलवायु वित्तको महत्वमा जोड दिँदै दिगो वित्त प्रवद्र्धन गर्न नेपालको बैंकिङ क्षेत्र प्रतिबद्ध रहेको बताए ।

एफएमओ नेदरल्याण्डका प्रमुख कार्यकारी अधिकृत मिखेल योङ्गनिलले बैंकिङ क्षेत्रले जलवायु परिवर्तनको असरलाई कम गर्न अन्तर्राष्ट्रिय स्तरमा निभाइरहेको भूमिका र यसले सृजना गरेको चुनौतीलाई कम गर्दै अवसरबाट कसरी फाइदा लिन सकिन्छ भन्ने विषयमा आफ्नो ध्यान रहेको बताए । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले दिगो बैंकिङलाई प्रवद्र्धन गर्न गरेको नीतिगत व्यवस्था र नेपालको वित्तीय क्षेत्रलाई अन्तर्राष्ट्रिय मापदण्डसँग जोड्न महत्वपूर्ण भूमिका खेलेको बताए ।

कार्यक्रमको अवसरमा नेपाल बैंकर्स संघमा दिगो वित्त विभागको स्थापनाको उद्घाटन गरिएको छ । नेपालको बैंकिङ क्षेत्रले दिगो विकासमा सामना गरिरहेको चुनौतीलाई समाधान गर्दै बैंकिङ क्षेत्रलाई दिगो वित्तपोषण उन्मुख गराउनुनका साथै उनीहरूको ज्ञान, सीप र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले विभागको स्थापना गरिएको हो ।

कार्यक्रमको प्राविधिक सत्र डीबीएस सिंगापुरका पूर्व प्रबन्ध निर्देशक तथा स्ट्यान्डर्ड चार्टर्ड बैंक यूकेका सस्टेनेबिलिटी विशेषज्ञ युलान्डा चुङले गरेका हुन् । उनले अन्तर्राष्ट्रिय परिदृश्यलाई केलाउँदै जलवायु परिवर्तनले नेपाललाई पार्न सक्ने प्रभाव, यसको जोखिम र नेपालको बैंकिङ क्षेत्रमा यसको सान्दर्भिकता बुझ्न महत्वपूर्ण सिद्धान्त सम्बन्धी आफ्ना धारणा राखेका छन् ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल, एशिया र ईसीए एफएमआका ऊर्जा प्रबन्धक जीसुन हान, स्विस एजेन्सी फर डेभलपमेन्ट एण्ड कोअपरेशन कार्यक्रम प्रबन्धक एन्टोनिया फ्लक, क्याडमस यूकेका प्रबन्ध निर्देशक काट्जा सिल्वा(लिएंडर र नेपाल बैंकर्स एशोसिएसन कार्यकारी समिति सदस्य दीपककुमार डे लगायतका प्रमुख व्यक्तिले जलवायु वित्त रणनीतिलाई बैंकिङ सञ्चालनमा एकीकृत गर्ने सम्बन्धी संवाद प्रस्तुत गरेका छन् ।

यस सत्रले नियामक ढाँचाहरू, जोखिम व्यवस्थापन र नवीन हरित वित्तीय उत्पादनको महत्व सम्बन्धमा छलफल भएको छ । कार्यक्रममा सरकारी अधिकारी, विकास साझेदार, वाणिज्य बैंकका प्रतिनिधि, सञ्चार माध्यम र सम्बन्धित सरोकारवाला लगायत २ सय भन्दा बढी सहभागी थिए ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको