Like us!
Follow us!
Connect us!
Watch us!

सातैवटा प्रदेशमा नेपाल बैंकर्स संघको डिजिटल वित्तीय साक्षरता कार्यक्रम

अर्थ संसार

सोमबार, २४ भदौ २०८१, १७ : ४३ मा प्रकाशित

सातैवटा प्रदेशमा नेपाल बैंकर्स संघको डिजिटल वित्तीय साक्षरता कार्यक्रम

नेपाल बैंकर्स संघ (एनबीए)ले इन्टरनेसनल फाइनान्स कर्पोरेसन (आईएफसी)सँगको सहकार्य तथा दक्षिण कोरिया सरकारको अर्थ तथा वित्त मन्त्रालयको सहयोगमा सातवटै प्रदेशमा डिजिटल फाइनान्सियल सर्भिसेस (डीएफएस) कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।

डिजिटल माध्यमबाट वित्तीय कारोबारको प्रयोग तीव्र गतिमा बढ्दै गरेको वर्तमान परिवेशमा बैंकका कर्मचारीको डिजिटल वित्तीय साक्षरता बढाउने उद्देश्यले आयोजित तालिम कार्यक्रममा वाणिज्य बैंकका ४०० भन्दा बढी बैंकिङ अधिकारीहरूको सहभागिता थियो ।

कार्यक्रममा डिजिटल वित्तीय सेवाहरूको बुझाइमा थप विकास गर्ने, आफ्ना ग्राहकहरूलाई उत्कृष्ट डिजिटल वित्तीय सेवा प्रदान गर्ने, ग्राहकको चेतनाको स्तर अभिवृद्धि गर्ने, डिजिटल माध्यमबाट वित्तीय समावेशीकरणलाई प्रोत्साहन गर्ने लगायतका विषयमा केन्द्रित थियो।

कार्यक्रमले डिजिटल भुक्तानी प्रणाली, भुक्तानी उपकरण, सीमापार डिजिटल कारोवार, बढ्दै गईरहेको साइबर ठगी र त्यससँग सम्बन्धित बढ्दो चुनौतीहरू जस्ता प्रमुख विषयहरू समेटेको थियो। त्यसैगरी सहभागीहरूलाई बैंकिङ्ग क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग, त्यसका फाइदा लगायत डिजिटल वित्तीय सेवाहरूका पछिल्ला घटनाक्रमहरूकोव्यवहारिक पक्षको बारेमा जानकारी गराउदै साइबर सुरक्षा कसरी बढाउन सकिन्छ भन्ने विषयमा पनि जानकारी गराइएको थियो।

कार्यक्रमले डिजिटल वित्तीय सेवा बारे बैंकका कर्मचारीले पुर्‍याउनुपर्ने भूमिकालाई जोड दिँदै कर्मचारीहरूको आवश्यक ज्ञान, सिप र क्षमता अभिवृद्धि गरी डिजिटल वित्तीय सशक्तीकरणतर्फ नेपालको यात्रामा एउटा महत्त्वपूर्ण योगदान पुर्‍याउनुका साथै सुरक्षित र समावेशी डिजिटल वित्तीय वातावरण प्रवर्धन गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको बताइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको