नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले अर्थतन्त्र चुनौतिपूर्ण अवस्थामा रहेको बताएका छन् ।
मंगलबार संघले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
अध्यक्ष कोइरालाले निष्क्रिय कर्जा र गैरबैंकिङ सम्पत्तिको मात्रा बढिरहेको उल्लेख गर्दै हाल निष्क्रिय कर्जा ४.५ प्रतिशतसम्म पुगेको बताए ।कोइरालाले बैंकहरूले कर्जा रिकभरीका क्रममा कर्मचारीहरूले भोग्नुपरेको हिंसा र आक्रमणको विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । उनले बैंकका कर्मचारीहरूको सुरक्षाको ग्यारेन्टीका लागि सरकारले तत्काल कदम चाल्नुपर्ने माग गरे।
‘बैंक र ऋणीबीचको सम्बन्ध ऋण तिर्दासम्म राम्रो हुन्छ, तर ऋण तिर्न नसक्ने अवस्थामा यो सम्बन्ध बिग्रने खतरा रहन्छ,’ उनले भने । कोइरालाले हाल अधिकांश बैंक र ऋणीबीचको सम्बन्ध सन्तोषजनक छ, तर केही समस्याहरू भने देखिएका छन्।
कर्जा रिकभरीका क्रममा विभिन्न बाधाहरूको सामना गर्नुपरेको कोइरालाको भनाइ छ । विशेष गरी स्थानीय तहको सहयोगको अभावले बैंकहरूलाई धितो लिलाम गर्न र बेच्न समस्या भइरहेको उनले बताए ।
कोइरालाले यस विषयमा सरकारले आवश्यक पहल गरी समस्या समाधान गर्नुपर्नेमा जोड दिए । बैंकिङ प्रणालीको स्थायित्व र आर्थिक सुधारका लागि सबै पक्षले सहकार्य गर्नुपर्ने उनले बताए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस