Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल बैंकर्स संघ एसएमई फाइनान्स फोरमको नयाँ सदस्य

अर्थ संसार

मंगलबार, २७ कार्तिक २०८१, १७ : ४२ मा प्रकाशित

नेपाल बैंकर्स संघ एसएमई फाइनान्स फोरमको नयाँ सदस्य

नेपाल बैंकर्स संघ (एनबीए) विश्वव्यापी सदस्य नेटवर्क एसएमई फाइनान्स फोरमको नयाँ सदस्य बनेको छ ।

जी–२० र आईएफसी/विश्व बैंकको समर्थन प्राप्त एसएमई फाइनान्स फोरम १९० देशहरूमा ३०० भन्दा बढी सदस्य/सहयोगी संस्थाहरूको प्रमुख विश्वव्यापी नेटवर्क हो । यो नेटवर्कमा बैंकहरू, गैर–बैंक वित्तीय संस्थाहरू, फिन्टेक, भुक्तानी प्लेटफर्महरू, विकास संस्थाहरू, क्रेडिट ग्यारेन्टी कम्पनीहरू, बीमा प्रदायकहरू, लगानी कोषहरू, बैंकिङ्ग र एसएमई एसोसिएसनहरू, शैक्षिक संस्थाहरू सामेल छन्, जसले एसएमई केन्द्रित वित्तीय सेवा र सुविधा प्रदान गर्छन् ।

यो नेटवर्कमा बैंकहरू, गैरबैंक वित्तीय संस्थाहरू, फिन्टेक, भुक्तानी प्लेटफर्महरू, विकास संस्थाहरू, क्रेडिट ग्यारेन्टी कम्पनीहरू, बीमा प्रदायकहरू, लगानी कोषहरू, बैंकिङ र एसएमई एसोसिएसनहरू, शैक्षिक संस्थाहरू सामेल छन्, जसले एसएमईकेन्द्रित वित्तीय सेवा र सुविधा प्रदान गर्छन् ।सो अवसरमा एसएमई फाइनान्स फोरमका प्रमुख कमर सलीमले नेपाल बैंकर्स संघलाई एसएमई फाइनान्स फोरममा स्वागत गर्न पाउँदा खुसी लागेको बताउँदै नेपालको उदयमान बजारलाई थप एसएमई वित्तीय पहुँच प्रवर्द्धन गर्न यसले मद्दत पुर्‍याउने बताए ।

नेपाल बैंकर्स संघका अध्यक्ष सुनील केसीले विशेषगरी नेपालमा नियामक निकाय र बैंकहरू दुवै साना र मझौला उद्यमी (एसएमई) का लागि वित्तीय पहुँचमा सुधार ल्याउन केन्द्रित भएको परिवेशमा प्रतिष्ठित एसएमई फाइनान्स फोरममा सामेल हुँदा नेपालको बैंकिङ क्षेत्रलाई विशेष रूपमा लाभ पुग्ने बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको