Like us!
Follow us!
Connect us!
Watch us!

वित्तीय क्षेत्रमा भइरहेको अक्रामणको दुरगामी असर पर्ने सुनिल केसीको भनाई

अर्थ संसार

शुक्रबार, १७ चैत्र २०७९, १४ : ०० मा प्रकाशित

वित्तीय क्षेत्रमा भइरहेको अक्रामणको दुरगामी असर पर्ने सुनिल केसीको भनाई

नेपाल बैंकर्स संघका अध्यक्ष तथा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले बैंक तथा वित्तीय क्षेत्रमा भइरहेको अक्रामणको दुरगामी असर पर्ने धारणा राखेका छन् । हिजो (बिहीबार) संघको कार्यालयमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष केसीले यस्तो बताएका हुन् ।  

उनले बैकिङ क्षेत्रमाथि चौतर्फी आक्रमणले गर्दा नेपालमा विदेशी लगानीमा समस्या पर्न सक्ने औल्याए । कार्यक्रममा बोल्दै उनले भने, ‘नेपालको वित्तीय क्षेत्रमा व्यापारी, ऋणी जसले भएपनि अक्रमण गरिरहेका छन् यसको असर अन्तराष्ट्रिय रुपमा नै पर्ने वाला छ । नेपालमा यसै पनि विदेशी लगानी थोरै आउने गरेको यसको असर विदेशी लगानी अब छिमेकी देश तिर जानसक्छ ।’ नेपालको बैकिङ क्षेत्रमा आक्रमण भएको जस्तो देखिएपनि यो नेपालको अर्थतन्त्रमाथिको आक्रमण भएको उनले बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको