Like us!
Follow us!
Connect us!
Watch us!

मौद्रिक नीतिबारे बैंकर्स संघका अध्यक्षले भने– सन्तुलन कायम गर्ने गरी नीति आएको हो

अर्थ संसार

सोमबार, ०८ साउन २०८०, ११ : ०२ मा प्रकाशित

मौद्रिक नीतिबारे बैंकर्स संघका अध्यक्षले भने– सन्तुलन कायम गर्ने गरी नीति आएको हो

नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले मौद्रिक नीति सकारात्मक रहेको बताएका छन् । आइतबार नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति जारी भएपश्चात विश्व अर्थतन्त्रमा देखिएका समस्या अझै बाँकी रहेको र नेपाली अर्थतन्त्रमा पनि समस्या चुनौती कायम रहेकाले असमान्य अवस्थामा आएको मौद्रिक नीति सन्तुलन कायम गर्ने गरी आएको बताएका हुन् ।

उनले चालु पुँजी कर्जालाई पुनरावलोकन गर्ने, सेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गरिने कुरा सकारात्मक रहेको बताए ।

उनले पछिल्लो समय चालु पुँजीकर्जा मार्गदर्शनको कारणले कर्जा जान समस्या भएको बेलामा परिर्वतन गर्ने कुराले कर्जा प्रवाहमा सकारात्मक प्रभाव पर्ने अपेक्षा लिएको बताए ।

उनले केवाइसीलाई राष्ट्रिय परिचयपत्रसँग जोड्ने, बैंकिङ कसुरलाई सशक्त बनाएर लैजाने र कर्जा लगानीको फ्रेमवर्क बनाउने कुराले बैंकिङ क्षेत्रलाई सजिलो बनाउने बताए ।-File photo

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको