Like us!
Follow us!
Connect us!
Watch us!

सगरमाथा जलविद्युतको आईपिओको लक्की नम्वर २ !

अर्थ संसार

शुक्रबार, १७ चैत्र २०७९, १५ : ०० मा प्रकाशित

सगरमाथा जलविद्युतको आईपिओको लक्की नम्वर २ !

सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले निश्कासन गरेको साधारणस सेयर (आईपिओ) शुक्रबार बाँडफाँड भएको छ । आईपिओको बाँडफाँडको लक्की नम्वर २ रहेको छ । 


कम्पनीले निश्कासन गरेको आईपिओमा १३ लाख ९३ हजार १५३ जना आवेदकले १ करोड ५१ हजार ८७ हजार ९ सय ९० कित्ताको लागि आवेदन दिएका थिए । आवेदन दिएकामध्ये  लक्की ड्र मार्फत ३ लाख ५८ हजार १७६ जनाले १० कित्ता सेयर पाएका छन् । 

सगरमाथा जलविद्युत् कम्पनी लिमिटेडले चैत ८ गतेदेखि सर्वसाधारणका लागि जारी गरेको आईपीओ जारी गरेको थियो र चैत्र १२ गते बन्द भएको थियो।  

कम्पनीले जारी पूँजी  १ अर्ब १२ करोडको १० प्रतिशत दरको ११ लाख २० हजार कित्ता आयोजना प्रभावित स्थानीयका लागि र ३९ प्रतिशतले हुन आउने ४३ लाख ६८ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली ,कर्मचारी तथा सामूहिक लगानीकोष समेतका लागि विक्री गर्ने गरी नियामक निकायबाट स्वीकृति पाएको थियो । 

पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र सर्वसाधारणतर्फको १० प्रतिशत सेयर बाँडफाँड गरिसकेको कम्पनीले कर्मचारी, सामूहिक लगानीकोषका लागि सेयर सुरक्षित गरी बाँकी सेयर सार्वजनिक निष्कासन गरेको थियो ।

कम्पनीले ५ प्रतिशत अर्थात् २ लाख १८ हजार ४०० कित्ता सामूहिक लगानी कोषहरुका लागि र ३ प्रतिशत अर्थात् १ लाख ३१ हजार ४० कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरेको छ । यी वाहेक बाँकी  ३५ लाख ८१ हजार ७६० कित्ता शेयर सार्वजनिक निष्कासनमा आएको थियो ।

आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा इक्रा नेपाल लिमिटेडले कम्पनीलाई दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत इक्रा एनपि त्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको