Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकद्वारा जारी वित्तीय साक्षरता कार्यक्रमको हिस्सा बन्योे ‘डिजिटल बैंकिङ’

अर्थ संसार

आइतबार, १९ चैत्र २०७९, १२ : ०४ मा प्रकाशित

राष्ट्र बैंकद्वारा जारी वित्तीय साक्षरता कार्यक्रमको हिस्सा बन्योे ‘डिजिटल बैंकिङ’

नेपाल राष्ट्र बैंकले वित्तीय साक्षरता मार्गदर्शन, २०७९ जारी गरेको छ । जारी मार्गदशर्नमा डिजिटल बैंकिङ सेवालाई पनि वित्तीय साक्षरता कार्यक्रम हिस्सा बनाइएको छ ।  बैंकले विद्युतीय सेवाहरु पनि समावेश गर्ने व्‍यवस्था ल्याएपछि डिजिटल बैंकिङ सेवा पनि त्यसको हिस्सा बन्न पुगेको हो । 

केन्द्रिय बैंकले जारी गरेको मार्गदर्शनमा वित्तीय ज्ञान, वित्तीय उद्देश्य, वित्तीय विद्युतीय सेवा र उपयोग धितोपत्र बजार, वित्तीय अनुशासन, बिप्रेषण, बचत, कर्जा, जोखिम व्यवस्थापनलगायतका विषयवस्तु समावेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।

वित्तीय साक्षरताका सामग्री सामाजिक सञ्जाल, वेबसाइट, मोबाइल एप, मोबाइल लाइब्रेरी, डिजिटल बोर्ड, अनलाइन खेलकुद, प्रतियोगिता र पाठ्य साम्रग्री, पत्रपत्रिका, रेडियो, एफएम, प्रकाशनहरू, सीआरबीटीलगायतका लागि तयार गर्नुपर्ने मार्गदर्शनमा उल्लेख गरिएको छ । 

यस्तो छ राष्ट्र बैंकले जारी गरेको मार्गदर्शन

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको