Like us!
Follow us!
Connect us!
Watch us!

बारामा जसपालाई सघाउने कांग्रेसको निर्णय

अर्थ संसार

आइतबार, १९ चैत्र २०७९, १२ : ३० मा प्रकाशित

बारामा जसपालाई सघाउने कांग्रेसको निर्णय

नेपाली कांग्रेसले बारा २ को उपचुनावमा जनता जमाजवादी पार्टी (जसपा)लाई सघाउने निर्णय गरेको छ । कांग्रेस मुख्यालय सानेपामा आज बसेको कार्यसम्पादन समितिको बैठकले १० वैशाखमा हुने उपचुनावमा जसपालाई सघाउने निर्णय गरेको हो। 

बारा २ मा जसपाबाट अध्यक्ष उपेन्द्र यादवले चुनाव लड्ने लगभग निश्चित छ । यहाँ जनमत पार्टीले शिवचन्द्र कुशवाह र राष्ट्रिय स्वतन्त्र पार्टीले रमेश खरेललाई उम्मेदवार बनाउँदैछ । त्यस्तै, सत्ता साझेदार लोसपाबाट राजेन्द्र महतो उम्मेदवार बन्ने चर्चा छ । एमालेले आज उम्मेदवार तय गर्दैछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको