Like us!
Follow us!
Connect us!
Watch us!

कोषको भूमिका पूंजी बजार विकासमा एकदम महत्त्वपूर्ण छ : रमण नेपाल ( भिडियो अन्तर्वार्ता )

अर्थ संसार टक

आइतबार, १९ चैत्र २०७९, १७ : २० मा प्रकाशित

नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमन नेपालले कोषको भूमिका पूंजी बजार विकासमा एकदम महत्वपुर्ण रहेको बताएका छन्।  अर्थसंसारको नियमित कार्यक्रम अर्थसंसार टकमा कुराकानी गर्दै नेपालले नागरिक लगानी कोष एक सक्षम गैर बैंकिङ्ग वित्तीय संस्थाको रुपमा अगाडी आएको ठोकुवा गरे। 

नागरिकको बचत परिचालन गरेर पूंजी बजारको विकासको अवधारणा अनुसार नागरिक लगानी कोषको स्थापना भएको र  विगतमा आइपिओ निकाल्ने र सेयर रजिस्टारको भूमिका महत्वपूर्ण संग निर्वाह गरेको र अहिले आएर एक बलियो सेयर अन्डरराइट गर्ने संस्थाको रुपमा कोष स्थापित भएको नेपालले बताए। 

अर्थसंसारका प्रधान सम्पादक लीलानाथ धिमिरेले नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमन नेपालसँग गरेको कुराकानीको प्रमुख हाइलाइटहरू

  • कोषले तीन लाख सम्म करमा छुट, दुर्घटना बिमा वापत एक लाख पाउने र बेला मौका आवश्यकता अनुसार अन्य सुबिधा पनि ल्याउने गरेको 
  • पूंजी बजार विकासमा नागरिक लगानी कोषको एकदम महत्वपुर्ण भूमिका 
  •  धेरै संगठित संस्थाका प्रोमोटर सेयरमा लगानीमा सेयरमा कोषको लगानी,  दोस्रो बजारमा धेरै रिस्क लिएर  बचतकर्ताको पैसा जोखिममा नलिएको तर्क 
  • सरकारको पहलमा नागरिक स्टक डिलरको रुपमा मार्केट मेकरको रुपमा नेपालको वित्तीय क्षेत्र विकास रणनीतिको रुपमा आएको, भखरै मात्र स्थापित भएको कारण उपस्थिति कम देखिए पनि भविष्यमा बास्केट फण्डहरु चलाउने 
  • डिलरले सुरक्षित ठाउँ र प्रतिफल मुखी नभएसम्म लगानी गर्ने नगर्ने 
  • नागरिक लगानी कोषको राम्रो लाभासं दिएको इतिहास ,आक्रामक रुपमा नगएको र गैर बैंकिङ्ग वित्तीय संस्थाको रुपमा आश लाग्दो प्रगति गरेको तर्क 
  • आफू आउदा ९० करोडको चुक्ता पूँजी रहेको र अहिले ४२५ करोडको चुक्ता पूँजी बनाएको त्यो पनि एक पल्ट मात्रै १ :०.८३ को हकप्रद निकालेर र अरु सबै कोषले कमाएर पुगेको र ८ अर्ब सम्म जारी पुजी पुर्याउन सकिने ऐनमा व्यवस्था 
  • नागरिक लगानीकोषको प्रोडक्टहरुमा  कर्मचारी वित्तिय अवकास बचत कोष जसमा विभिन्न तहका कर्मचारीहरुले मासिक तलबबाट बचतगर्न, नागकि पेन्सन योजना र म्युचुअल फण्ड अनतर्गत नागरिक एकाङ्क योजना सञ्चालन
  • पेन्सन योजना अन्तर्गत पेन्सन पाउनको लागि १५ वर्ष पेन्सन जम्मा गरेको हुनुपर्ने र उमेरले ६० कटेकाले पाउने छन् ,५०० मा खाता सञ्चालन गर्न सकिने 
हेर्नुहोस् उनीसँगको कुराकानीको पूरा भिडिओः
यहाँ क्लिक गर्नुहोस् 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको