Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सेयर नेप्सेमा सूचीकृत, ओपनिङ रेन्ज कति ?

अर्थ संसार

सोमबार, २० चैत्र २०७९, १७ : ३५ मा प्रकाशित

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सेयर नेप्सेमा सूचीकृत, ओपनिङ रेन्ज कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडकोको सेयर सूचीकृत भएको छ । साविकको प्रिमियर इन्स्योरेन्स कम्पनी र सिद्धार्थ इन्स्योरेन्स लिमिटेडबीच मर्जर गाभ्ने/गाभिने पश्चात कायम हुन आएको सेयर सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाममा नेप्सेमा सूचीकृत भएको हो ।

साविकको प्रिमियर र सिद्धार्थ इन्स्योरेन्स लिमिटेडबीच एक आपसमा १ः१ को अनुपामा मर्ज भएपश्चात कायम हुन आएको २ करोड ८० लाख ६५ हजार ४९९ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । यस्तै नेप्सेले मर्जर प्रयोजनको लागि रोक्का रहेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको सेयर कारोबार पनि फुकुवा गरेको जनाएको छ ।

मर्जर पश्चात खुल्ने पहिलो कारोबारको लागि नेप्सेले ६३७ रुपैयाँ ६१ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । सोही रेन्जको आधारमा भोलि मंगलबार देखि कम्पनीको सेयर दोस्रो बजारमा कारोबारमा आउनेछ । कम्पनीको सेयरलालाई नेप्सेले एसपीआईएल कारोबार संकेत प्रदान गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको