Like us!
Follow us!
Connect us!
Watch us!

सिटी होटलको आइपीओ निष्काशन तथा बिक्री खुला

अर्थ संसार

मंगलबार, २१ चैत्र २०७९, ०७ : ५३ मा प्रकाशित

सिटी होटलको आइपीओ निष्काशन तथा बिक्री खुला

सिटी होटल लिमिटेडले आज अर्थात चैत्र २१ गतेबाट वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि आईपीओ निष्कासन खुला गरेको छ। 

कम्पनील जारी पूँजी १ अर्ब ६७ करोड ४० लाख रुपियाँको १० % अर्थात १६ करोड ७४ लाख रुपियाँ बराबरको १६ लाख ७४ हजार कित्ता आइपीओ निष्कासन गरेको हो । कूल निष्काशन मध्ये १ लाख ६७ हजार ४ सय कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई, ६६ हजार ९ सय ६० कित्ता कर्मचारीहरु र ८३ हजार ७ सय कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । 

बाँकी रहेको १३ लाख ५५ हजार ९ सय ४० कित्ता सेयरका लागि सर्वसाधारणहरुले आवेदन दिन सक्ने बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । सर्वसाधारणका लागि छुट्याइएको सेयर १ लाख ३५ हजार ५ सय ९४ जनाले १०–१० कित्ताका दरले पाउने छन् । कम्पनीले सोल्टिमोड, काठमाडौँमा पाँच तारे होटल, ह्यात प्लेस सञ्चालन गरिरहेको छ । गोल्यान ग्रुप, कमलेश अग्रवाल, हरिशचन्द्र सुवेदी लगायतका उद्यागीहरुको उक्त होटलमा लगानी रहेको छ ।  

कति दिने आवेदन ?

यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । 

कहिलेसम्म दिने आवेदन ?

वैदेशिक रोजगारीमा रहेकाहरुको लागि चैत २१ गतेदेखि वैशाख ५ गतेसम्म र सर्वसाधारणका लागि वैशाख २५ गतेदेखि वैशाख २८ गतेसम्म,सो अवधिमा सबै सेयर बिक्री नभएमा जेठ ८ गतेसम्म आवेदन दिन सक्ने

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।

को हो बिक्री प्रबन्धक ?

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल मार्केट रहेको छ। 

 रेटिङ

रेटिङ एजेन्सी केयर नेपालले  ‘केयरएनपी डबल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ । 

 

642b88b80f83f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको