Like us!
Follow us!
Connect us!
Watch us!

स्टाटअप एवं साना उद्योगीलाई सबल बनाउन नीतिगत संरक्षणको आवश्यकता छः अरुणराज सुमार्गी

अर्थ संसार

विहीबार, २३ चैत्र २०७९, १० : ५० मा प्रकाशित

स्टाटअप एवं साना उद्योगीलाई सबल बनाउन नीतिगत संरक्षणको आवश्यकता छः अरुणराज सुमार्गी

नेपाल उद्योग बाणिज्य महासंघको जिल्ला नगर उपाध्यक्षका उम्मेदवार अरुणराज सुमागीले नेपालमा स्टार्टअप उद्यमी, एवं साना उद्योगी व्यवसायीलाई उद्योग व्यवसायमा सवल बनाउनका लागी राज्य स्तरबाट नीतिगत संरक्षण र प्रर्वद्धनको योजना बनाइनुपर्नेमा जोड दिएका छन् ।

उद्योगी व्यवसायीको यति ठुलो सञ्जाल भएपनि उद्योग व्यवसायको बातावरण निर्माणका लागी दिर्घकालिन महत्वका कामहरु समेत हुन नसकेको भन्दै, अवको उद्योग बाणिज्य सँघको नेतृत्वले सँस्थाको इतिहासमै सम्झनलायक विभिन्न ब्रेक थ्रु योग्य कामहरु गरेर देखाउने विश्वास व्यक्त गरे ।

हाम्रो टिम स्पष्ट योजना, स्पष्ट खाका अनि स्पष्ट गन्तव्य सहित उद्योगबाणिज्य महासंघको नेतृत्वका लागी अधिकाँस व्यवसायीहरुको भरोषा र विश्वास लियर मैदानमा उत्रेका छौ, यो रुपान्तरणको अभियानमा सम्पुर्ण व्यवसायीहरु एक कदम अगाडी बढेर हामीलाई साथ दिनुहुनेछ भन्ने विश्वास लिएको सुमार्गीले स्पष्ट पारे ।

उनले जिल्ला नगर लाई अझ सवल एवं व्यवसायीहरुका समस्या, क्षमता विस्तार, व्यवसाय विकासका लागी आवस्यक विभिन्न कामहरु सवैमा आफ्नो निरन्तर सहकार्य र सहयोग रहने प्रतिवद्धता जनाए। उद्योगबाणिज्य महासँघको चुनावमा जिल्ला नगर उपाध्यक्षमा सुमार्गीको प्रवेश पछि महासंघको चुनाव अझ बढी चलायमान बनेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको