Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि बैंकको ‘एनएमबि डिवेञ्चर’मा आवेदन दिने आज अन्तिम मौका

अर्थ संसार

शुक्रबार, २४ चैत्र २०७९, ११ : १३ मा प्रकाशित

एनएमबि बैंकको ‘एनएमबि डिवेञ्चर’मा आवेदन दिने आज अन्तिम मौका

एनएमबि बैंक लिमिटेडले चैत २१ गते देखि निष्कासन गरेको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।  १० वर्ष अवधिको वार्षिक १०.७५ प्रतिशत ब्याजदरमा ‘एनएमबि डिबेञ्चर १०.७५ प्रतिशत–२०८९।२०९०’ मा आज कार्यलय समयमा आवेदन दिनु पर्ने बैंकले जनाएको हो ।

बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्कासनमा ल्याएको छ । सोमध्ये ६० प्रतिशत अर्थात् २ अर्ब ४० करोड रुपैयाँ बराबरको २४ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँड गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात् १ अर्ब ६० करोड रुपैयाँ बराबरको १६ लाख कित्ता सर्वसाधारणमा बाँडफाँड गरिनेछ । 

सर्वसाधारणमा बाँडफाँड गरिने ऋणपत्रमध्ये ८० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको थियो। जसमध्ये ४५ हजार कित्ता ऋणपत्र बाँडफाँड गरिएको छ । उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १६ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्। बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको