Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि बैंकको १ लाख ८० हजार बढी कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

अर्थ संसार

आइतबार, ०९ मंसिर २०८१, १० : ०९ मा प्रकाशित

एनएमबि बैंकको १ लाख ८० हजार बढी कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति  ?

एनएमबि बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ।

बैंकले संस्थापक समूहको १ लाख ८० हजार २८८ कित्ता सेयर जो–कोहीले खरिद गर्न पाउने गरी बिक्रीमा राखेको हो । उक्त सेयरको बिक्री मूल्य प्रतिकित्ता न्यूनतम ११० रुपैयाँ तोकिएको छ। 

यसको सेयर खरिदका लागि आवेदन दिन न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।बोलपत्र पेस गर्दा न्यूनतम ५ हजार कित्ता सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ । अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ।

आवेदन आज मंसिर ९ देखि २३ गतेसम्म बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड बालुवाटारमा पेश गर्नुपर्छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको