Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि बैंकको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले आवेदन दिन पाउने

अर्थ संसार

मंगलबार, ०६ कार्तिक २०८१, १० : २८ मा प्रकाशित

एनएमबि बैंकको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले आवेदन दिन पाउने

एनएमबी बैंक लिमिटेडले १ लाख २३ हजार ३२४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीहरूको नाममा रहेको उक्त  सेयर बिक्रीमा राखेको हो।

यो सेयर संस्थापक बाहेकका अन्य व्यक्ति वा संस्थाले मात्रै खरीद गर्न सक्नेछन् । इच्छुक लगानीकर्ताले आवश्यक पर्ने कागजात सहित ७ दिनभित्र काठमाडौंको बालुवाटारस्थित एनएमबी क्यापिटल लिमिटेडको कार्यालयमा निवेदन दिनु पर्नेछ । खरीदकर्ताले उल्लेखित सम्पूर्ण सेयर खरीद गर्नु पर्ने छ ।

सेयर खरीदको निवेदन प्राप्त भएपछि बिक्रेता संस्थापकसँग समन्वय गरेर आपसी सहमतिमा मात्र शेयर खरीद बिक्री प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ । यसअघि उक्त सेयर विद्यमान संस्थापक सेयरधनीहरूलाई मात्र बिक्री खुला गरिएको थियो।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको