Like us!
Follow us!
Connect us!
Watch us!

धौलागिरि बेसक्याम्पबाट पोखरा फर्कंदै गरेको हेलिकोप्टर दुर्घट्नाग्रस्त, पाइटलको जीवितै उद्धार

अर्थ संसार

आइतबार, २६ चैत्र २०७९, १३ : ५१ मा प्रकाशित

धौलागिरि बेसक्याम्पबाट पोखरा फर्कंदै गरेको हेलिकोप्टर दुर्घट्नाग्रस्त, पाइटलको जीवितै उद्धार

धौलागिरि बेसक्याम्पबाट पोखरा फर्कंदै गरेको हेली एभरेस्टको हेलिकोप्टर दुर्घटनामा परेको छ ।धौलागिरि बेसक्याम्पनजिकै दुर्घटना भएको हेलिकोप्टरमा एकजना पाइलट रहेको र उनी सकुशल रहेको नागरिक उड्डयन कार्यालयकि एक कर्मचारीले जानकारी दिईन् । डाइनेस्टी एयरले पाइलट प्रिया अधिकारीलाई उद्धार गरेको छ ।

पाइलटलाई उद्धार गरेर पोखरा ल्याइँदै छ । इटालियन बेसक्याम्पबाट धौलागिरि बेसक्याम्पका लागि उडेको हेलिकोप्टर बिहान ११ बजेर १ मिनेट जाँदा सम्पर्कविहीन भएको थियो ।

हेलिकोप्टरको खोजीमा उडेको एयर डाइनेस्टीको विमानले उक्त हेलिकोप्टरलाई धौलागिरि बेसक्याम्पमा पल्टिरहेको अवस्थामा फेला परेको थियो ।-File Photo

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको