Like us!
Follow us!
Connect us!
Watch us!

‘अर्थतन्त्रका अप्ठ्याराहरु गम्भीर छन्, तर हामी समाधान गछौं’

अर्थ संसार

सोमबार, २७ चैत्र २०७९, ०७ : ०५ मा प्रकाशित

‘अर्थतन्त्रका अप्ठ्याराहरु गम्भीर छन्, तर हामी समाधान गछौं’

 अर्थमन्त्री डा. प्रकाशशरण महतले संकलित राजस्वले साधारण खर्च नपुग्ने अवस्था सिर्जना भएको बताएका छन् । आर्थिक मिडिया सञ्चालकहरुसँगको भेटमा अर्थमन्त्री डा. महतले भने, - 'पूँजीगत खर्चमा हामीले आन्तरिक र बाह्य ऋणमा निर्भर रहनुपर्ने अवस्था सिर्जना भएको छ ।'

आर्थिक मिडिया सञ्चालक संघको  टोलीसंग अर्थमन्त्री डा. महतले आर्थिक वृद्धिदरको सूचांक धेरै निराशाजनक नभए पनि माग र आपूर्तिको समस्या, लगानीकर्ताका आफ्नै समस्या, व्याजदरको समस्या, पूँजी बजारको समस्या देखिएको बताएका छन् । परिस्थिति कारण केही अप्ठ्यारा छन्, ती अप्ठ्यारा सामना गर्न सकिने अर्थमन्त्री डा. महतले बताए ।


अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकको समस्यामा नकरात्मक सूचांकलाई सकरात्मक दिशामा फर्काउन सकिने मन्त्री डा. महतले बताए । ‘साधारण खर्चलाई संयमित ढंगले उपयोग गर्ने नीति सरकारले लिनेछ । अप्ठ्याराहरु गम्भीर छन्, तर हामी समाधान गछौं’ उनले भने, ‘अर्थतन्त्रलाई सकरात्मक दिशामा फर्काउन हामी लागिरहेका छौं ।’ 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको