पूर्वाधार विकास मन्त्री सुनिल लम्साल आफ्नो आक्रामक र कडा अभिव्यक्तिका कारण पुनः विवादको घेरामा परेका छन्। यसअघि निर्माण व्यवसायीहरूको 'खुट्टा भाँच्ने' भन्दै दिएको धम्कीपूर्ण अभिव्यक्तिका कारण तीव्र आलोचना खेपेका मन्त्री लम्सालले आइतबार तनहुँको शुक्लागण्डकीमा आयोजित एउटा कार्यक्रममा फेरि अर्को विवादास्पद वक्तव्य दिएका छन् ।
बारम्बारका यस्ता आक्रामक टिप्पणीले गर्दा उनी अहिले चौतर्फी विवाद र चर्चाको विषय बनेका छन्।
सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरूसँगको भेटमा उनले जनताको काम नगर्ने मेयर र प्रदेश मन्त्रीहरूलाई जेल हाल्ने चेतावनी दिए । उनले भनेका छन्, ‘जनतालाई अपहेलना गर्ने मेयरलाई मात्र होइन, काम नगर्ने प्रदेश मन्त्रीलाई समेत हामी थुन्छौं ।'
मन्त्री लम्साल प्रधानमन्त्री बालेन शाहका विश्वासपत्रसमेत हुन् । केही समयअघि प्रधानमन्त्री बालेनले आफूसहित मन्त्री लम्साल र सुधन गुरुङको फोटो फेसबुकमा राख्दै देश बनाउने टोली भन्दै लेखेका थिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस