Like us!
Follow us!
Connect us!
Watch us!

एनबीएको निर्णय– ब्याजदर एकल अंकमा झार्ने

अर्थ संसार

बुधबार, २९ चैत्र २०७९, ११ : २६ मा प्रकाशित

एनबीएको निर्णय– ब्याजदर एकल अंकमा झार्ने

नेपाल बैंकर्स एशोसिएसन(एनबीए)ले ब्याजदर घटाउने निर्णय गरेको छ । एनबीएको बैठकमा बैंकका सीइओहरुबीच निक्षेपको ब्याजदर घटाउने सहमति भएको जनाइएको छ। 

व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर १० प्रतिशतले घटाउने निर्णय भएको बुझिएको छ। उक्त निर्णयसँगै अब मुद्दति निक्षेपको ब्याजदर एकल अंकमा झरेको छ । 

अब एक वर्षे अवधिको मुद्दति निक्षेपको ब्याजदर ११ प्रतिशतबाट घटेर ९.९ प्रतिशतमा झरेको एनबीएकोले जनाएको हो।  योसँगै संस्थागत मुद्दति निक्षेपको ब्याजदर ७.९९ प्रतिशत कायम भएको छ । यस्तै, बचतको ब्याजदर ५.४ देखि ७.४ प्रतिशत कायम भएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको