नेपाल टेलिकम(Nepal Telecom) ले नयाँ वर्ष २०८० को अवसरमा ग्राहकहरुका लागि 'नयाँ वर्ष २०८०' अफर उपलब्ध गराउने भएको छ । कम्पनीले Voice, Data Bonus, On Recharge Package उपलब्ध गराउने छ ।
कम्पनीले रु. ४९ मा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्क भित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध गराउने भएको छ ।
यसैगरी डाटा प्याकेज अन्तर्गत रु. ९८ मा ३ दिन चलाउन सकिने ६ जीबी डाटा, रु. १९९ मा ७ दिन चलाउन सकिने १३ जीबी डाटा, रु. २९४ मा १० दिन चलाउन सकिने २० जीबी डाटा र रु. ३९९ मा १५ दिन चलाउन सकिने ३० जीबी डाटा प्याकेज उपलब्ध गराउने छ ।
त्यसैगरी एमपोस र फिजिकल रिचार्जबाट रिचार्ज गर्दा समेत बोनस अन रिचार्जको रुपमा डाटा प्याकेज उपलब्ध गराउने छ । यस अनुसार रु. २०० देखि रु. ४९९ सम्मको रिचार्ज गर्दा २ दिनका लागि प्रतिदिन १ जीबीका दरले चलाउन सकिने गरी २ जीबी डाटा उपलब्ध हुनेछ । त्यसैगरी रु. ५०० र सो भन्दा बढी रकमको रिचार्ज गर्दा प्रतिदिन २ जीबीका दरले ४ दिन चलाउन सकिने गरी ८ जीबी डाटा उपलब्ध हुनेछ ।
नेपाल टेलिकमले उपलब्ध गराउने सो अफर भोलि (२०७९ चैत ३०) देखि आगामी २०८० बैशाख ६ गतेसम्म प्रिपेड तथा पोस्टपेड मोबाइलका ग्राहकले प्याकेज खरिद गर्दा लागु हुने कम्पनीले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस