Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश प्रस्ताव सहित नेपाल टेलिकमकाे एजीएम मिति तय,के-के छन् एजेन्डा ?

अर्थ संसार

आइतबार, ०७ पुस २०८१, १० : १५ मा प्रकाशित

लाभांश  प्रस्ताव सहित नेपाल टेलिकमकाे एजीएम मिति तय,के-के छन् एजेन्डा ?

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले  पुस २८ गते आइतबार सत्रौं वार्षिक साधारणसभा बोलाएको छ।   

कम्पनीको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृहमा बिहान १० बजेदेखि सभा बस्ने निर्णय गरेको हो।

कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई कर सहित ३० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । उक्त प्रस्ताव अर्थ मन्त्रालयबाट स्वीकृति भएपछि साधारण सभामा पेश हुनेछ । सभाले अनुमोदन गरेपछि सेयरधनीलाई वितरण हुनेछ । कम्पनीले गएको वर्ष ४० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । 

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १८ गतेदेखि पुस २८ गतेसम्म बुकक्लोज गर्ने जनाएको छ । यस अनुसार पुस १७ गतेसम्म कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन् ।

उक्त साधारण सभाले लाभांशका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको