Like us!
Follow us!
Connect us!
Watch us!

कतिपय स्थानमा अवरुद्ध भएको सेवा पुनर्स्थापित भईरहेको छ:नेपाल टेलिकम

अर्थ संसार

आइतबार, १३ असोज २०८१, १७ : ०८ मा प्रकाशित

कतिपय स्थानमा अवरुद्ध भएको सेवा पुनर्स्थापित भईरहेको छ:नेपाल टेलिकम

नेपाल टेलिकमको सेवा पुनर्स्थापित गर्ने प्रयास भइरहेको जनाएको छ ।

विगत केही दिनदेखिको अविरल वर्षाका कारण नेपालभरीका विभिन्न स्थानहरुमा आएको बाढी, पहिरो तथा  डुबानका कारणले कतिपय स्थानमा नेपाल टेलिकमका सेवाहरु अवरुद्ध हुन गएको जानकारी दिएको छ।

विद्युत आपूर्तिमा रोकावट भई टेलिकमका बीटीएस टावरहरु बन्द भएको तथा कतिपय स्थानका ट्रान्समिसन लिङ्कहरु समेत अवरुद्ध भएको अवस्था थियो । प्रतिकूल मौसमका बाबजुद पनि प्राविधिक परिचालन गरी सेवा पुनर्स्थापित गर्ने प्रयास भइरहेको टेलिकले जनाएको छ ।

टेलिकमले भनेको छ,‘धेरै स्थानका टेलिफोन तथा इन्टरनेट सेवा सुचारु भैसकेको छ भने अन्य स्थानमा पनि सेवा पुनर्स्थापनाको प्रयास जारी रहेको व्यहोरा अनुरोध छ।’ 

अप्रत्याशित दैवीप्रकोपका कारणले सिर्जित आपत्तिजनक परिस्थितिमा सेवा अवरुद्ध भई ग्राहकवर्गमा पर्न गएको असुविधा प्रति कम्पनीले क्षमासमेत मागेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको