Like us!
Follow us!
Connect us!
Watch us!

सांसद् डा. तोसिमा कार्कीको माग– समिट अपार्टमेन्टको वैधानिकता खोजी गरियोस्

अर्थ संसार

बुधबार, २९ चैत्र २०७९, १५ : ३७ मा प्रकाशित

सांसद् डा. तोसिमा कार्कीको माग– समिट अपार्टमेन्टको वैधानिकता खोजी गरियोस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद् डा. तोसिमा कार्कीले ललितपुरमा रहेको समिट अपार्टमेन्टको वैधानिकता खोजी गर्न माग गरेकी छन् । आज (बुधवार) बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै पूर्व राज्यमन्त्री समेत रहेकी कार्कीले यस्तो बताएकी हुन् ।

उनले भनिन, ‘केही दिन अगाडि ललितपुरको बखुण्डोल हाइटमा निर्माणाधीन समिट अपार्टमेन्ट आसपासमा घरहरू भासिएका थिए । त्यसको कारण बिना नक्सा पास, बिना इआइए एनलाइसिस काम गर्नु रहेको उनको दाबी छ ।‘

ललितपुरको बखुण्डोल हाइटमा १८ रोपनी जग्गामा १६ तलेसम्मको समिट अर्पाटमेन्ट बनाइरहँदा बिना नक्सा पास, बिना इआइए एनलाइसिस, बिना स्थानीयको स्वीकृति बन्दै गर्दा वरपरको घरहरु पूर्ण क्षति भएका छन् ।

भासिने चर्किनेक्रम जारी छ।’ सांसद कार्कीले भनेकी छन् । विगतमा पनि संसदमा यो विषयमा कुरा उठेको छर, वैधानिक प्रक्रिया अगाडि नबढेकोको भन्दै उनले सरकारको ध्यानाकर्षण गरेकी छिन् ।

‘म आग्रह गर्न चाहन्छु यसरी नै देशव्‍यापी रुपमा बन्दै गरेका निर्माण हुँदै गरेका भवनहरु, होटेलहरु, अपाटमेन्टहरुको वैधानिकता खोजी गरियोस् ।’ यसका लागि संसदीय छानबिन समिति गठन गरियोस्  ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको