Like us!
Follow us!
Connect us!
Watch us!

संसद बैठकमा उपस्थित तोसिमा फेसबुकमा स्ट्याटस हाल्नै व्यस्त !

अर्थ संसार

सोमबार, ०४ असार २०८०, १५ : ०१ मा प्रकाशित

संसद बैठकमा उपस्थित तोसिमा फेसबुकमा स्ट्याटस हाल्नै व्यस्त !

प्रतिनिधिसभामा बजेटको मन्त्रालयगत छलफल चलिरहेको बेला रोष्टममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सन्तोष परियार बोलिरहेका थिए । सोहि समयमा रास्वपाकी सांसद तोसिमा कार्कीको फेसबुकबाट ठिक १ः५५ बजे एक स्ट्याटस पोष्ट भयो । 

यो समयमा चलिरहेको संसदको फुटेज हेर्दा सांसद कार्की र रास्वपाका अर्का सांसद विन्दवासिनी कंसकारको अनुहार भुँइ तिर हेरेको देखिन्छ ।

सांसद चलिरहेको समयमा कार्कीले लेखेकी छन्– जानकी, राजा जनक की छोरी हुन्, जनक मिथिलाका राजा थिए, जनकपुर मिथिलाको राजधानी थियो, जनकपुर नेपालमा छ्र र जानकी नेपालकी छोरी हुन् । यसैलाई उनले हिन्दीमा पनि लेखेकी छन्– हम नेपालीयों को तो ये गौरवपूर्ण इतिहास मालुम ही हैं । हमारी पडोसी राष्ट्रके लोगों के सहजता के लिए हमने ये हिंदीमें लिखा हैं।

संसदमा बसेर यस्ता प्रकारका असोभनिय देखिन्छ । यसले संसदको गरिमा माथि नै प्रश्न उठाएको छ । पुराना दलका सांसदहरु निदाएको साइड टक गरेको समाचार निकै आइरहेको थियो । तर, यस पटक भने नयाँ अनुहार पनि सोहि किसिमको गतिविधिमा लिप्त देखिएका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको