Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–३मा सर्वसाधारणहरुको छैन आकर्षण, बिक्री गर्न हम्मेहम्मे

अर्थ संसार

सोमबार, ०४ बैशाख २०८०, ०८ : २३ मा प्रकाशित

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–३मा सर्वसाधारणहरुको छैन आकर्षण, बिक्री गर्न हम्मेहम्मे

म्युचुअल फण्ड अर्थात् सामुहिक लगानी कोष पुँजी बजारमा रहेका विभिन्न वित्तीय औजारहरुमध्ये एक मानिन्छ । भनिन्छ म्युचुअल फण्ड दक्ष तथा अनुभवी विशेषज्ञद्वारा सञ्चालन हुने र निकै सुरक्षित तथा लगानीमा हुने जोखिमलाई न्यूनीकरण गर्न सकिने धेरै विश्लेषकहरुको तर्क छ। 

तर नेपालमा भने लगानीकर्ताहरु म्युचुअल फण्ड प्रति सकारात्मक देखिदैनन। झनै सार्वजनिक आवहान गरेका म्युचुअल फण्डमा त सर्वसाधारणहरुको पटक्कै चासो छैन।  

गएको वर्षको चैत्र २६ गते देखि सुरु भएको ‘सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–३’ मा निकै नै कम आवेदन परेको छ । आवेदन दिने समय थप गरिएको भएपनि लगानीकर्तामा उत्साह छैन ।  सिद्धार्थ क्यापिटलले सिद्धार्थ म्युचुअल फन्ड अन्तर्गत प्रति इकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब २० करोड रुपैयाँ इकाई बिक्रीमा सो समयमा माग अनुसारको आवेदन नपरेपछि आवेदन दिने समय गरियो।   वैशाख १० गतेसम्म  यस बन्दमुखी योजनाको आवेदन खुला रहेको छ। 

 १२ करोड इकाई मध्य फन्डले १०% अर्थात १ करोड २० लाख इकाई कोष प्रवद्र्धक सिद्धार्थ बैंकले नै हाल्ने  र ५% अर्थात ६० लाख इकाई कोष व्यवस्थापक सिद्धार्थ क्यापिटल आफैँलाई सुरक्षित गरिएता पनि  बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधारणलाई  बिक्री गर्न हम्मेहम्मे परेको छ। 

वैशाख ३ साँझ सम्मको आवेदन संख्या हेर्ने हो भनेपनि सर्वसाधारण यस फण्डमा लगानी गर्न आकर्षित नभएको देखिन्छ। वैशाख ३ साँझ सम्म केबल २ करोड ५९ लाख (२,८९,९६,५००)  इकाईलाई  मात्र आवेदन परेको छ। 

फण्डमा लगानी गर्न सर्वसाधारण आकर्षित नहुनुको मुख्य कारण हो, म्युचुअल फण्डहरुको बजारमा फितलो प्रदर्शन। सूचिकृत कम्पनीमा पनि सामूहिक लगानी कोषका योजनाहरूको हालत थप खस्कँदै गएको छ । खासगरि सर्वसाधारणलाई दोस्रो बजारमा हुने जोखिमबाट जोगाउने औजारको रुपमा म्युचुअल फण्डलाई लिने गरिन्छ । तर, सूचिकृत सबैजसो म्युचुअल फण्डको प्रति इकाई मूल्य १० रुपैयाँ भन्दा तल झरेका छन् । बजारमा सूचिकृत अधिकाश फण्डको बजार मूल्य १० भन्दा कम छ। हरेक महिना फण्डहरुले प्रकाशित गर्ने प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) मा पनि फण्डका रिपोर्ट राम्रो आउन सकेका छैन्। 

जबकि सर्वसाधारणले प्राथमिक बजारमै प्रति इकाई १० रुपैयाँ हालेर किनेका हुन् । यति बेला बिक्री गर्दा सर्वसाधारणले साँवा पनि उठाउन मुस्किल पर्छ । सबै जसो म्युचुअल फण्डको इकाई मूल्य प्राथमिक बजारमा निष्कासन गरेको मूल्य भन्दा तल झर्न थालेपछि प्राथमिक बजारमा निष्कासन भएको म्युचुअल फण्डका इकाईमा सर्वसाधारणको आकर्षण समेत घट्न थालेको अवस्था छ । बजारमा नै आहिले निष्काशन गरेका भन्दा कम मूल्यमा कारोबार हुने र रिपोर्ट पनि राम्रो नआउने भएको कारण पनि सर्वसाधारण फण्डमा लगानी गर्न पन्छिएका हुन्।

अर्काे तर्फ दोस्रो बजारको अवस्था र उतार चढावको विषयमा अध्ययन गरी प्रतिफलयुक्त लगानी गर्छन् भन्ने उद्देश्यले सर्वसाधारणले इकाईहरू खरिद गर्ने हो । तर, सर्वसाधारणले भन्दा पनि फितलो प्रदर्शन फण्डहरुले गर्न थालेपछि सर्वसाधारणको विश्वास घट्दै गएको हो । अझै कोषहरूले गर्ने लगानीमा म्युचुअल फण्ड कै इकाईहरू पर्न थालेपछि लगानीकर्ताहरुको विश्वास थप फण्डहरूबाट हराउन थालेको हो । पछिल्लो समय सेयर बजारको गतिविधि र अवस्थाका कारण लगानीकर्तामा उत्साह नदेखिएको हो ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको