Like us!
Follow us!
Connect us!
Watch us!

हाम्रो पेमा जोडियो हाम्रो रेमिट

अर्थ संसार

सोमबार, ०४ बैशाख २०८०, १० : ५७ मा प्रकाशित

हाम्रो पेमा जोडियो हाम्रो रेमिट

हाम्रो पात्रो अन्तर्गतका हाम्रो पे र हाम्रो रेमिट दुवै सेवा आपसमा जोडिएका छन् । यससँगै नयाँ वर्ष २०८० को वैशाख १ गतेदेखि हाम्रो रेमिटबाट पठाएको रेमिट्यान्स हाम्रो पे वालेटमा प्राप्त गर्न सकिने भएको छ । हाम्रो पात्रो रेमिटबाट हाम्रो पे मा पैंसा पठाउदा वालेटमा रु १०० बोनस पाउनुहुनेछ भने यो अफर बैशाख ७ गते सम्म मान्य हुनेछ।  

सेप्टेम्बर २०२१ मा सुरु भएको हाम्रो रेमिटको सहयोगमा हाल अमेरिकाबाट नेपाल पैसा पठाउन सकिन्छ । अब आउँदो मे महिनादेखि अस्ट्रेलियामा रहेका नेपालीले समेत हाम्रो रेमिटको सेवा प्रयोग गर्न पाउनेछन् । 

हाम्रो पात्रोका अनुसार यदि अमेरिकामा रहेका नेपालीले कार्ड प्रयोग गरी हाम्रो पात्रो मार्फत पैसा पठाएको खण्डमा आधा घण्टाभित्रै हाम्रो पेको वालेटमा जम्मा हुनेछ । अन्य रेमिट्यान्स कम्पनीबाट पठाएको पैसा समेत यसैगरी हाम्रो पेमार्फत प्राप्त गर्न सकिने व्यवस्था मिलाउने कार्य चलिरहेको छ । 

गत फागुन ५ गते सार्वजनिक भएको हाम्रो पे डिजिटल वालेट हाम्रो पात्रोको एपमै उपलब्ध छ । यसको छुट्टै मोबाइल एप छैन । 

सुपर एप बनाउने उद्देश्यका साथ विभिन्न सेवाहरूलाई हाम्रो पात्रोमै जोड्दै लगिरहेको हो । हाम्रो पेमा मोबाइल टपअप, नेपाल पे क्यूआरमा जोडिएका मर्चेन्टको भुक्तानी, विद्युत, खानेपानी, टिभी तथा इन्टरनेटको बिल भुक्तानी लगायतका सुविधाहरू रहेका छन् । 

मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ तथा कनेक्ट आईपीएसबाट सहजै रकम लोड गर्न सकिने यो एपमा साथीहरूसँग मिलेर बिल तिर्न मिल्ने ुस्प्लिट मनीु, सापटी माग्न सकिने ुआस्क मनीुका साथै अङ्ग्रेजी र नेपालीका साथै विभिन्न छ ओटा भाषामा प्रयोग गर्न सकिने फिचर समेत रहेका छन् । 

यस बाहेक हाम्रो पेमार्फत भएको खर्च ट्रयाक गर्न र कुन शीर्षकमा कति रकम खर्च भयो भन्ने कुराको विश्लेषण गर्न, खर्चको सीमा तय गर्न पनि सकिन्छ । कम्पनीले ग्राहकको सहजताका लागि लाइभ च्याट सपोर्टको व्यवस्था गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको