Like us!
Follow us!
Connect us!
Watch us!

प्राईम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

सोमबार, ०४ बैशाख २०८०, १२ : ५३ मा प्रकाशित

प्राईम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा

प्राईम कमर्सियल बैंक लिमिटेडको १९ लाख १५ हजार कित्ता संस्थापक सेयर सोमबारदेखि सर्वसाधारणमा जारी भएको छ । बैंकले प्रतिकित्ता १३० रूपैयाँ तोकेर विद्यमान संस्थापक सेयरधनीसँगै अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी उल्लेखित सेयर बिक्रीमा ल्याएको हो ।

यो सेयर खरीद गर्न इच्छुक लगानीकर्ताहरूले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी वैशाख १३ गतेभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गनुपर्नेछ । यस अघि विद्यमान संस्थापक सेयरधनीहरूमा जारी गर्दा बिक्री हुन नसकेपछि अन्य व्यक्ति तथा संस्थाहरूमा यो सेयर बिक्री गर्न लागिएको हो ।

बोलपत्र पेश गर्दा न्यूनतम १ लाख कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ । बोलपत्र आवेदन फारम १०० रूपैयाँ भुक्तानी गरी प्रभु क्यापिटल लिमिटेड कमलादी, काठमाडौंबाट पाप्त गर्न सकिनेछ । तोकिएको अवधिभित्र प्राप्त बोलपत्र वैशाख १४ गते विहान ११ बजे विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा खोलिने समेत कम्पनीले जानकारी दिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको