प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको सेयर आजदेखि बिक्रीमा राखेको हो ।
बैंकले हाल बिक्रीमा राखेको सेयरको संख्या भने खुलाएको छैन् भने बिक्री गर्ने संस्थापकको नाम र बिक्री मूल्यका सम्बन्धमा कम्पनी सचिवको कार्यालमा सम्पर्क गरी बुझ्न सकिने बैंकले जनाएको छ ।
उक्त सेयर हाल बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउँछन् । सेयर किन्न इच्छुक संस्थापकले आवश्यक पर्ने कागजात सहित ३५ दिनभित्र बैंकको कम्पनी सचिवको कार्यालयमा निवेदन दिनु पर्नेछ ।
तोकिएको म्यादभित्र संस्थापक सेयरधनीबाट सेयरखरीदका लागि आवेदन नपरेको खण्डमा सो सेयर सर्वसाधारणमा बिक्री खुला गरिने बैंकले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस