Like us!
Follow us!
Connect us!
Watch us!

१७औं वार्षिकोत्सवको अवसरमा प्राइम कमर्सियल बैंकको रक्तदान कार्यक्रम

अर्थ संसार

आइतबार, १३ असोज २०८१, १३ : ५८ मा प्रकाशित

१७औं वार्षिकोत्सवको अवसरमा प्राइम कमर्सियल बैंकको रक्तदान कार्यक्रम

प्राइम कमर्सियल बैंक लिमिटेडले १७औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम गरेको छ।

बैंकले वार्षिकोत्सवको अवसरमा केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौं, कोशी प्रदेश कार्यालय विराटनगर, मधेश प्रदेश कार्यालय वीरगंज, गण्डकी प्रदेश कार्यालय पोखरा, लुम्बिनी प्रदेश कार्यालय बुटवल, कर्णाली प्रदेश कार्यालय छिन्चु, सुर्खेतमा गरि देशभर ६ स्थानमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । 

उक्त रक्तदान कार्यक्रममा बैकका कर्मचारी तथा शुभेच्छुकहरुगरी ३९२ जनाले रक्तदान गरेका थिए । सो कार्यक्रममा बैकका प्रमुख कार्यकारी अधिकृत संजिव मानन्धरले सम्पुर्ण रक्तदाता तथा प्रबिधिकहरुलाई धन्यवाद दिदै, मानवजिवन रक्षाकोलागि अत्यावश्यक रगत संकलन गर्ने कार्यक्रम आयोजना गरि सम्पन्न गर्न पाउँदा अत्यन्तै खुसी लागेको बताए । आगामि दिनमा पनि यस्तै बिभिन्न सामाजिकसेवाका कार्यहरु गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको