Like us!
Follow us!
Connect us!
Watch us!

राजश्वसम्बन्धी सर्भर डाउन, चेक समेत साटिएन

अर्थ संसार

सोमबार, ०४ बैशाख २०८०, १६ : ०२ मा प्रकाशित

राजश्वसम्बन्धी सर्भर डाउन, चेक समेत साटिएन

सरकारी राजश्वसम्बन्धी सर्भर डाउन हुँदा राजस्व सङ्कलन प्रभावित बनेको छ । आज बिहान ११ बजेदेखि १ बजेसम्म सरकारी राजश्वसम्बन्धी सर्भर डाउन भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

“यस कार्यालयबाट सञ्चालित प्रणाली आरएम आइए, टिएसए, सिजीएएस, सुत्र, पिएएमएसलगायत प्रणालीमा प्राविधिक समस्या देखिएकाले आज बिहान ११ बजेदेखि १ बजेसम्म प्रणाली सञ्चालन हन नसकेकाले यसबाट पर्न गएको असुविधाप्रति क्षमायाचना गदछौँ”, कार्यालयले जारी गरेको सूचनामा भनिएको छ ।

दिउँसो १ बजेपछि सर्भर सञ्चालनमा आए पनि पूर्णरुपमा भने सञ्चालनमा आउन नसकेको महालेखा नियन्त्रकको कार्यालयका सूचना अधिकारी गायत्रीरमण खनालले जानकारी दिए । “दिउँसो ३ घण्टा सर्भर पूर्णरुपमा डाउन भएको थियो, १ बजेपछि सञ्चालनमा आउँदा एकैपटक धेरैले सर्भर चलाउन स्लो भएको छ’, उनले भने ।

उनका अनुसार सरकारी सर्भरमा समस्या देखिएपछि आज अनलाईनमार्फत हुने राजस्व सङ्कलन ठप्प भएको छ । राजस्व सङ्कलनसँगै काटिएका चेकसमेत नसाटिएको उनले बताए ।रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको