Like us!
Follow us!
Connect us!
Watch us!

बेष्ट फाइनान्सले डाक्यो साधारण सभा, बुक क्लोज कहिले?

अर्थ संसार

मंगलबार, ०५ बैशाख २०८०, ११ : ३१ मा प्रकाशित

बेष्ट फाइनान्सले डाक्यो साधारण सभा, बुक क्लोज कहिले?

बेष्ट फाइनान्स कम्पनी लिमिटेडले आफ्नो वार्षिक साधारण सभा अब्हान गरेको छ । कम्पनीको हिजो बसेको ५६५ औँ सञ्चालक समितिको बैठकले छव्विसौँ वार्षिक साधारण सभा आब्हान गरेको हो । सभा बैशाख २९ गते शुक्रबार विहान ११ बजे नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँ बस्ने भएको हो । 

सभाले कम्पनीको आ. ब. २०७८ / ०७९ को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरि पारित गर्नेछ ।त्यस्तै सभाले लेखापरिक्षकको प्रतिवेदन सहितको आ.ब.२०७८/०७९ को बार्षिक वित्तीय विवरण (२०७९ आषाढ मसान्तको वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड हिसाब लगायत बार्षिक वित्तीय विवरणसंग सम्बन्धित अनुसूचीहरु समेत) छलफल गरी पारित गर्नेछ ।

त्यस्तै सभाले लेखापरिक्षण समितिको सिफारिस बमोजिम आ.ब.२०७९/०८० को लागि बाह्य लेखापरिक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

त्यस्तै सभाले यस बित्तीय संस्थाले भविष्यमा अन्य उपयुक्त बैंक तथा बित्तीय संस्थासंग एक आपसमा गाभ्ने/गाभिने (Merger) तथा प्राप्ति (Acquisition) गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्न, चल अचल सम्पति र दायित्व मुल्यांकन (Due Diligence Audit) गर्नको लागि मान्यता प्राप्त मुल्याँकन कर्ता नियुक्त गर्न, निजको पारिश्रमीक तोक्न लगायत मर्जर सम्बन्धि अन्य आबश्यक प्रक्रिया पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने । त्यस्तै कम्पनीको बुक क्लोज बैशाख १२ गते एक दिन बन्द हुनेछ। लाभांश बोनस सेयर भने कम्पनीले उल्लेख गरेको छैन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको