आज बुधबार नेप्से परिसूचक १५.१३ अंकले बढेको छ । आज नेप्से १५.१३ बढेर १ हजार ९ सय २० दशमलब १२ को विन्दुमा कायम भएको हो ।
हिजो मंगलबार नेप्से परिसूचक ३.०७ अंकले घटेको थियो । हिजो नेप्से ३.०७ अंकले घटेर १ हजार ९ सय ४ दशमलब ९८ को विन्दुमा कायम भएको थियो्।
आज नेप्से बढेपनि कारोबार रकम पनि उत्साजनक देखिएन । आज नेप्सेमा ८७ करोड २१ लाख ४१ हजार बराबरको कारोबार भएको हो । आज १६७ कम्पनीको सेयर मूल्य बढेको छ भने ४१ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै १२ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
नेप्से बढेसँगै स्वाबलमबन लघुवित्त वित्तीय संस्था लिमिटेडको कारोबार अब्बल रह्यो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस