एभरेष्ट बैंकले तेस्रो त्रैमासको वित्तिय विवरण सर्वाजनिक गरेको छ। बैंकको खुद नाफा ६२.६३ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको यही अवधिसम्म बैंकको खुद नाफा १ अर्ब ५१ करोड रुपैयाँ रहेकोमा समीक्षा अवधिसम्म बढेर २ अर्ब ४६ करोड रुपैयाँ भएको हो। बैंकको वितरणयोग्य मुनाफा पनि २०.२८ प्रतिशतले बढेर ३ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा २ अर्ब ७९ करोड रुपैयाँ रहेको थियो।
तेस्रो त्रैमाससम्म बैंकले ३ अर्ब ५२ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ६२.५९ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म यस्तो मुनाफा २ अर्ब १६ करोड रुपैयाँमा सीमित थियो। यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी ५९.३८ प्रतिशतले बढेर ५ अर्ब ५८ करोड रुपैयाँ भएको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ३ अर्ब ५० करोड रुपैयाँमा सीमित थियो।
बैंकले १ खर्ब ८६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ६० अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १ खर्ब ६१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४३ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।
चुक्तापुँजी १० अर्ब ६९ करोड रुपैयाँको बैंकको रिजर्भको आकार भने २१।५५ प्रतिशतले बढेर ९ अर्ब ८६ करोड रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा ८ अर्ब ११ करोड रुपैयाँ थियो।
बैंकको खराब कर्जा अनुपात (एनपीएल)भने बढेर ०.७० प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म एनपीएल ०.२६ प्रतिशतमा सीमित थियो। खराब कर्जा बढेसँगै बैंकको इम्पेयरमेन्ट चार्ज पनि ३३.२२ प्रतिशतले बढेर ५५ करोड १४ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो चार्ज ४१ करोड ३९ लाख रुपैयाँमा सीमित थियो।
ईपीएस भने बढेर ३०.७४ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस २१.४५ रुपैयाँ थियो। पीई रेसियो १६.५३ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ २२५.८६ रुपैयाँ रहेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस