Like us!
Follow us!
Connect us!
Watch us!

एभरेष्ट बैंकले डाक्यो साधारणसभा, यी हुन् एजेण्डा

अर्थ संसार

मंगलबार, १५ असोज २०८१, ०८ : ५६ मा प्रकाशित

एभरेष्ट बैंकले डाक्यो साधारणसभा, यी हुन् एजेण्डा

एभरेष्ट बैंकले असोज २० गते वार्षिक साधारण सभा बोलाएको छ।

काठमाडौंको अम्रपाली ब्यांक्वेटमा बिहान ११ बजे साधारणभा बस्ने भएको हो। साधारणसभाले १० प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद गरी कुल १५.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गर्नेछ।

बोनस सेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी वृद्धि हुनेछ, त्यसैले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि साधारणसभाको एजेण्डा रहेको छ। गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गर्नेछ ।

चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति गर्ने र सर्वसाधारण सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालक चयन गरिनेछ।

सभा प्रयोजनका लागि बैंकले असोज ८ गते बुक क्लोज गरिसकेको छ। असोज ७ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको