Like us!
Follow us!
Connect us!
Watch us!

एभरेष्ट बैंकको ३०औं वार्षिक साधारण सभा सम्पन्न

अर्थ संसार

सोमबार, २१ असोज २०८१, १२ : २४ मा प्रकाशित

एभरेष्ट बैंकको ३०औं वार्षिक साधारण सभा सम्पन्न

एभरेष्ट बैंक लिमिटेडको ३० औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सभाले लेखापरिक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गरेको छ ।

यस सभाले सेयरधनीलाई आव २०८०/८१ का लागि  १० प्रतिशत बोनस  सेयर र ५.५३५ प्रतिशत  नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै,  सभाले बैंकको सञ्चालक समितिमा सर्वसाधारण सेयर धनीहरूका तर्फबाट नवीन भक्त श्रेष्ठ र उर्मिला श्रेष्ठलाई आगामी ४ वर्षकालागि पुन निर्विरोध निर्वाचित गरेको छ ।

आव २०८१/८२ को लागि एन अमात्य एण्ड कम्पनीलाई लेखापरीक्षकमा पुन नियुक्त गर्ने प्रस्तावसमेत सभाले सर्वसम्मतबाट पारित गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको