Like us!
Follow us!
Connect us!
Watch us!

आज एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

अर्थ संसार

सोमबार, ०७ असोज २०८१, ०७ : २६ मा प्रकाशित

आज एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

एभरेष्ट बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज सोमबार अन्तिम दिन रहेको छ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ मंगलबार बुकक्लोज हुने भएपछि आज सोमबार लाभांश सुरक्षित गर्ने अन्तिम दिन कायम भएको हो।

आज सोमबारसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीले एभरेष्ट बैंकको साधारण सभामा सहभागिता जनाउन पाउनेछन् भने लाभांश पनि प्राप्त गर्न सक्नेछन्।

बैंकको ३० औँ वार्षिक साधारण सभा असोज २० गते , आम्रपाली ब्यांक्वेट, भाटभटेनी, काठमाडौँमा बस्दैछ।  सभा बिहान ११ बजे सुरु हुनेछ।

कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनार्थसहित ५.५३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव यसअघि नै भइसकेको छ। साधारणसभाले पारित गर्नेछ। 

बोनस सेयर जारीपश्चात पूँजी वृद्धि हुने भएकोले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पनि छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको