Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा बैंकको तेस्रो त्रैमासः मुनाफा पौने दुई अर्ब, इपिएस कति?

अर्थ संसार

विहीबार, ०७ बैशाख २०८०, १२ : ४८ मा प्रकाशित

सानिमा बैंकको तेस्रो त्रैमासः मुनाफा पौने दुई अर्ब, इपिएस कति?

सानिमा बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा १ अर्ब ७१ करोड रुपैयाँ खुद नाफा गरेको छ । बैंकले बिहीबार सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार उक्त नाफा गरेको हो ।

बैंकले गत आर्थिक वर्षको सोही त्रैमासको तुलनामा नाफा ७ प्रतिशतले बढाएको हो । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ५९ करोड नाफा गरेको थियो ।

समिक्षा अवधिसम्म बैंकले ४ अर्ब ९३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आवको तेस्रो त्रैमासमा ३ अर्ब ३५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यस अवधिसम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानी उल्लेख्य बढेसँगै नाफामा सुधार देखिएको हो ।

यस्तै, बैंकले १ खर्ब ६४ अर्ब निक्षेप संकलन गरेको छ भने १ खर्ब ४४ अर्ब रुपैयाँकर्जा लगानी गरेको छ । गत आवको सोही अवधिमा १ खर्ब ५७ अर्ब निक्षेप र १ खर्ब ३६ अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो ।

बैंकको खराब कर्जा अनुपात २.२७ प्रतिशत रहेको छ भने सीडी रेसियो ८२.२९ प्रतिशत रहेको छ । गत आवको तेस्रो त्रैमासमा बैंकको खराब कर्जा ०.३८ प्रतिशत र ८७.२२ प्रतिशत सीडी रेसियो थियो । बैंकको वितरणयोग्य नाफा ८३ करोड ४० लाख रुपैयाँ रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको