Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश पारित गर्ने मुख्य एजेण्डासहित सानिमा बैंकले बोलायो साधारण सभा

अर्थ संसार

आइतबार, ११ कार्तिक २०८१, ११ : ४३ मा प्रकाशित

लाभांश पारित गर्ने मुख्य एजेण्डासहित सानिमा बैंकले बोलायो साधारण सभा

सानिमा बैंक लिमिटेडले २०  औं वार्षिक साधारण सभा मंसिर ४ गतेका लागि बोेलाएको छ । साधारण सभा आम्रपाली बैङक्वेट भाटभटेनी काठमाडौँमा बिहान ११ बजे शुरु हुने गरि बोलाएको हो।

सभाले हाल कायम चुक्ता पूँजीका ५.२६३२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। साथै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखा परिक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले कात्तिक ९ गते स्वीकृत गरेको थियो।

वार्षिक साधारणसभा प्रयोजनार्थ बैंकले कात्तिक २५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ कात्तिक २५ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको