Like us!
Follow us!
Connect us!
Watch us!

९ वाणिज्य बैंकलाई राष्ट्र बैंकले गर्‍यो कारबाही

अर्थ संसार

शुक्रबार, ०८ बैशाख २०८०, १३ : ३६ मा प्रकाशित

९ वाणिज्य बैंकलाई राष्ट्र बैंकले गर्‍यो कारबाही

नेपाल राष्ट्र बैंकले ९ वटा वाणिज्य बैंकलाई कारबाही गरेको छ। राष्ट्र बैंकले तोकेको कर्जा– निक्षेप अनुपात (सीडी रेसियो) लाई उल्लंघन गरेको अभियोगमा अधिकांश बैंकहरुलाई कारबाही गरेको हो भने केही बैंकले सहुलियतपूर्ण कर्जाको दुरुपयोगमा कारबाही गरिएको हो । 

त्यस्तै राष्ट्रिय वाणिज्य बैंक भने सम्पत्ति शुद्धीकरणसम्बन्धी कारबाहीमा परेको छ । तत्कालिन नेपाल क्रेडिट एण्ड कमर्श बैंक (एनसीसी बैंक) ले सहुलियपुर्ण कर्जा एकै समुहलाई पटक–पटक दिएको, कर्जा नोक्सानीको व्यवस्था समेत नगरेको र राष्ट्र बैंकको निर्देशनविपरीत कर्जाको प्रिमियम तोकेको भन्दै तत्कालीन सीईओ रमेश अर्याललाई सचेत गराइएको छ ।

अर्याललाई आफ्नो अधिकारभन्दा बाहिर गई कर्जा स्वीकृति गरेकाले ५ लाख रूपैयाँ जरिवाना तिराइएको छ । त्यतिबेला एनसीसी कुमारी बैंकमा मर्ज भइसकेको थिएन । यस्तै एनसीसीलाई नगाभ्दै कुमारी बैंकले पनि सहुलियपूर्ण कर्जाको औचित्य पुष्टि नहुने गरी कर्जा प्रवाह गरेको र मुद्दती निक्षेपमा बढी ब्याज दिएको भन्दै तत्कालीन सीईओलाई पनि सचेत गराइएको छ ।

सम्पत्ति शुद्धिकरणसम्बन्धी ऐन निर्देशनको उल्लंघन गरेको सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकलाई १० लाख रूपैयाँ नगद जरिवाना गरिएको केन्द्रिय बैंकले जनाएको छ ।  त्यस्तै तत्कालीन सेञ्चुरी कमर्सियल बैंकले पनि कर्जा निक्षेप अनुपात कायम नगरेपछि २ करोड ४ लाख रूपैयाँ जरिवाना तिर्नुपरेको छ । सेञ्चुरीले साउन र भदौको सीडी रेसियो कायम गरेको थिएन । 

नेपाल बैंकलाई १ लाख ५९ हजार रूपैयाँ जरिवाना तिराइएको छ । यसले साउनको सीडी रेसियो उल्लंघन गरेको थियो । राष्ट्र बैंकले नबिल बैंकबाट पनि ६ करोड ४६ लाख ४५ हजार रूपैयाँ जरिवाना लिएको छ । नबिलले साउन, भदौ र असोजमा सीडी रेसियो उल्लंघन गरेको थियो ।

ग्लोबल आईएमई बैंकले भदौ र असोजको सीडी रेसियो कायम नगर्दा ४ करोड ४२ लाख जरिवाना तिर्नुपरेको छ । कृषि विकास बैंकले भदौ महिनाको सीडी रेसियो कायम नगर्दा ६९ लाख ५८ हजार रूपैयाँ नगद जरिवानामा परेको छ ।  यता हिमालयन बैंकले पनि भदौको सीडि रेसियो कायम नगर्दा ७१ लाख ७२ हजार रूपैयाँ नगद जरिवानामा परेको नेपाल राष्ट्र बैंक सुपरिवेक्षण विभागले जनाएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको