Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेद्वारा दुई कम्पनीको परिवर्तित सेयर संरचना अभिलेख

अर्थ संसार

आइतबार, १० बैशाख २०८०, १४ : ०७ मा प्रकाशित

नेप्सेद्वारा दुई कम्पनीको परिवर्तित सेयर संरचना अभिलेख

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई जीवन बीमा कम्पनीको परिवर्तित धितोपत्रको संरचना अभिलेख गरेको छ । नेप्सेले प्राइम लाइफ र युनियन लाइफ इन्स्योरेन्सको सेयर संरचना अभिलेख गरेको हो ।

नेप्सेमा सूचीकृत प्राइम लाइफको कुल ३ करोड १४ लाख ९ हजार ६५७ कित्ता सेयर कायम रहेकोमा नेपाल बीमा प्राधिकरणबाट सेयर संरचना परिवर्तन गर्ने सहमतिको पत्र, नेपाल धितोपत्र बोर्डको पुँजी संरचना परिवर्तन अभिलेख र कम्पनी रजिष्ट्रारको कार्यालयबाट प्रबन्धपत्र नियमावलीमा संशोधन भएअनुसार प्राइम लाइफको सेशेयर संरचना परितर्वन गरिएको हो ।

उक्त अनुसार अब प्राइम लाइफको संस्थापक समूहको सेयरको हिस्सा ५१ प्रतिशत र सर्वसाधारण समूहको सेयरको हिस्सा ४९ प्रतिशत कायम रहने गरी संस्थापक समूहको कुल २८ लाख २६ हजार ८६९ कित्ता सेयर आजदेखि सर्वसाधारण समूहमा अभिलेख गरी सोही समूह अन्तर्गत कारोबार योग्य भएको छ ।

त्यस्तै, यता युनियन लाइफ इन्स्योरेन्सको कुल २ करोड ३४ लाख २८ हजार ५५० कित्ता सेयर नेप्सेमा कायम रहेको छ । नियामक निकायहरुको नियमावलीमास संशोधन भएअनुसार कम्पनीको संस्थापक सेयरको हिस्सा ५१ प्रतिशत र सर्वसाधारण सेयरको ४९ हिस्सा सेयर कायम रहने गरी संस्थापक समूहको ४४ लाख ५१ हजार ४२४ कित्ता सेयर सर्वसाधारण समूहमा अभिलेख गरिएको छ ।

साथै सोही समूहअन्तर्गत अब युनियन लाइफको संस्थापक समूहको सेयर सर्वसाधारण समूह अन्तर्गत कारोबार योग्य भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको