Like us!
Follow us!
Connect us!
Watch us!

गोर्खाज फाइनान्स लिमिटेडको संस्थापक सेयर बिक्रिमा

अर्थ संसार

सोमबार, ११ बैशाख २०८०, ११ : २१ मा प्रकाशित

गोर्खाज फाइनान्स लिमिटेडको संस्थापक सेयर बिक्रिमा

गोर्खाज फाइनान्स लिमिटेडले १३ हजार ५६५ कित्ता संस्थापक सेयर बिक्रिमा ल्याएको छ । कम्पनीले संस्थापक सेयर बिक्रीका लागि ३५ दिने सुचना जारी गरेको हो । 

उक्त सेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन् । फाइनान्सको सेयर खरीदका लागि कम्पनीको विद्यमान संस्थापक सेयरधनीहरूले कम्पनीको केन्द्रिय कार्यालय डिल्लिबजार, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा कम्पनीको सेशेयर अन्य व्यक्ति तथा संस्थामा बिक्री गरिने जानकारी कम्पनीले दिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको